मोरङ उर्लाबारीका वडा सदस्य सचिन शाक्य पक्राउ

विराटनगर । मोरङको उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् ।

आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाको नेतृत्व टोली पक्राउ गरेको हो । 

मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले छुरा प्रहार थिए ।

उर्लाबारी जेसीजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । शाक्य उर्लाबारी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष पनि हुन् । ज्यान मार्ने उद्योगमा म्याद थप गरी कार्वाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक तिम्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?