खेलकुदमन्त्री र आईसीसीकाका पदाधिकारीबिच भेटवार्ता

लोकपथ
13
Shares

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)का पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आईसीसीले पु¥याएको योगदानको प्रशंसा गरे। “आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भुमिका प्रशंसनिय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं ।” मन्त्री अथकले भने ।
उनले नेपालमा क्रिकेट प्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गरे। विगत भन्दा नेपाली खेलाडीहरुको अवस्था सुध्रीएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताए ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिवन्ध फुकुवा गरेकोमा मन्त्री अथकले खुसी समेत ब्यक्त गरेका थिए ।
भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठुलो सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?