१८ औँ ‘एशियाड’: महिला आठ सय मिटरमा सरस्वतीको प्रर्दशनमा सुधार

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ मा नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती भट्टराईले आफ्नो प्रर्दशनमा सुधार गरेकी छिन् । 

जिबिके मेन स्टेडियममा सोमबारबिहान भएको  महिला ८ सय  मिटरको स्पर्धाको हिट चरणबाटै बाहिरिपनि आफ्नो प्रर्दशनमा भने सुधार गरेकी छिन् । 

उनले निर्धारित दुरी २ मिनेट १२ दशमलब ८५ सेकन्डमा पुरा गरिन् । यसअघि उनले गत वर्षको एशियन च्याम्पियनसिपमा २ मिनेट १३ दशमलब ९९ सेकेन्डमा दुरी पुरा गरेकी थिइन् । 

तेस्रो हिटमा प्रतिस्पर्धा गरेकी उनले आफ्नो हिटमा छैटौँ भएपनि समग्रमा १३ औं स्थानमा आइन् । २० खेलाडी सहभागी यो विधामा उनले ७ प्रतिस्पर्धीलाई पछि पारेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?