सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रण गर्न खोज्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । 

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै सभापति देउवाले कञ्चनपुरमा बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको आरोप समेत लगाए । 

त्यस्तै स्थानीय तहले लिन थालेको करले जनता निराश भएको भन्दै कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउन सभापति देउवाले निर्देशन दिए ।

‘संविधानले तीनवटै तहको सरकारले कर लिन सक्ने भनेको छ,’ सभापति देउवाले भने, ‘ध्यान दिएर मात्रै कर उठाउनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?