धुर्मुस सुन्तलीको गाईजात्रा दोहोरी (भिडियो)

काठमाडौं । पछिल्लो समय कमेडीमा भन्दा सामाजिक काममा सक्रिय धुर्मुस सुन्तलीले गाईजात्राको अवसर पारेर गाईजात्रा दोहोरी बजारमा ल्याएका छन् । धुर्मुस सुन्तलीले आफ्नै युट्युब च्यानलबाट गाईजात्राको भिडियो सार्वजनिक गरेका हुन् ।

मुस्कान पासा भर्सेस फतौरी बूढी नाम दिइएको यो दोहोरीमा धुर्मुस र सुन्तली मुस्कान पासा र फतौरी बूढीको भूमिकामा छन् ।

गीतलाई गाईजात्रा दोहोरी २०७५ भनिएको छ भने नेत्र राउत र अनिश लामिछानेले यसलाई निर्माण गरेका हुन् ।

यस्तै दिवसले सम्पादनको गरेको भिडियोलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?