शानदार जीत हात पार्दै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा

स्पेन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले शानदार जीत हात पार्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । 

आफ्नो घरेलु मैदानमा आइतबारराति भएको खेलमा जिरोना रियल म्याड्रिडसँग ४-१ गोल अन्तरले पराजित भएको हो । 

रियल म्याड्रिडका लागि करिम बेन्जामाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक-एक गोल गरेका थिए । जिरोनाका बोर्जा गार्सियाले एक मात्र गोल फर्काएका थिए ।  यसअघि भएको लिगको पहिलो खेलमा पनि रियल म्याड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको थियो । 

आइतवारराति नै भएको सेभिल्ला र भिल्ला रियलबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

यो जीतपछि रियल म्याड्रिड दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक बनाएको बार्सिलोना भने गोल अन्तरको आधामा पछि पर्दै दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?