महोत्तरीमा आठ महिनाकी शिशु चोरी

महोत्तरी । महोत्तरीमा आइतबार ८ महिनाकी शिशु चोरी भएको छ । 

औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी चोरी भएकी हुन् । 

एक अपरिचित व्यक्तिले बालिकाको बुबाको साथि भन्दै आइतबार साँझ ६ बजेतिर बालिकाको चोरी भएको प्रहरीले जानकारी दिएको हो । 

सो अरिचित व्यक्तिले बालिकालाई केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताए ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

घटनाबारे छानबिन भइहरको सई भगतले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?