चिनियाँ रेलको अन्तिम बिन्दु टोखा हुने

काठमाडौं । चीनको सिगात्से र काठमाडौं जोडिने रेलमार्गको अन्तिम प्रस्थान बिन्दु टोखालाई बनाइने भएको छ ।

चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले केरुङ–काठमाडौं जोड्ने रेलमार्ग बनाउन झण्डै साढे २ खर्ब रुपैयाँ खर्च हुने बताएको थियो ।

रेलको सम्भावित अध्ययन गर्न बनेको चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रेलको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनले टोखालाई अन्तिम बिन्दु बनाउने उल्लेख गरेको छ ।

पूर्व सम्भाव्यता अध्ययनअनुसार रसुवागढीबाट टोखासम्मको रेल ७२ किलोमिटर हुने उल्लेख गरिएको छ ।

रेलको पूर्व सम्भाव्यता गरेको चिनियाँ कम्पनीले रेलको अधिकांश भाग पुल र सुरुङमार्ग हुने बताएको छ ।

यस्तै बिमस्टेकमा सहभागी हुन आउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि नेपाल र भारतबीच काठमाडौं–रक्सौल रेल निर्माण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

रक्सौलदेखि काठमाडौंसम्म गुड्ने रेलको पूर्व सम्भाव्यताका लागि भारतको एक कम्पनीलाई छनोट गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?