राजपाले स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सोमबार आफ्नो पार्टीका स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गर्ने भएका छन् । 

बबरमहलस्थित पार्टी कार्यालयमा हुने सो छलफलमा स्थानीय तहले जथाभावी कर लगाएको विषयमा छलफल हुने छ । सरकारले जथाभावी लगाएको करको विषयमा आफ्नो पार्टीको आलोचना हुन थालेपछि राजपाले त्यसबारे जानकारी लिन स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं बोलाएका हुन् । 

स्थानीय तहले लगाएको करका कारण जनता निकै ठूलो मारमा परेकाले यसबारेमा छलफल गर्न पार्टीका तर्फबाट विजयी प्रतिनिधिलाई बोलाइएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए । 

राजपाको एक उपमहानगरपालिका सहित १४ वटा नगरपालिका र ११ वटा गाउँपालिकामा नेतृत्व छ । ३० स्थानीय तहमा राजपाका उपप्रमुख छन् । त्यसमध्ये नगरपालिकामा १७ र गाउँपालिकामा १३ उपप्रमुख रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?