बेलकोटगढी नगरपालिकाको बजेट ९७ करोड ९६ लाख

लोकपथ
117
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक २०७९/०८० वर्षको लागि ९७ करोड ९६ लाख ६० हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले आठाैँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

संघीय र प्रदेश सरकारको अन्तर सरकारी वित्तिय हस्तान्तरणका लागि विनियोजित सशर्त अनुदान ३३ करोड ३६ लाख ६० हजार रुपैयाँ संघ र प्रदेशबाटै बाँडफाँट भई आएकोले कुनै हेरफेर नगरी सोही बमोजिम हुने गरी नगरसभामा पेश गरिएको उपप्रमुख दाहालले बताए ।

कुल बजेट ९७ करोड ९६ लाख ६० हजार रुपैयाँमा सशर्त अनुदान घटाउदा ६४ करोड ६० रुपैयाँ बाँकी रहने छ । बाँकी रहने उक्त रकम मध्ये चालु तर्फ २० करोड ७३ लाख रुपैयाँ र पूँजीगततर्फ ४३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

एक वडा एक बालमैत्री विद्यालय निर्माण गर्दै लैजाने नीति वेलकोटगढी नगरपालिकाले लिएको छ । नगरपालिकाभित्र सञ्चालित सरकारी विद्यालयहरुलाई सुविधायुक्त बालमैत्री विद्यालयको रुपमा सञ्चालन गर्नको लागि आवस्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

त्यस्तै कृषकहरुलाई प्राङ्गारिक मलको प्रयोगमा प्रेरित गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषिमा आवद्ध गराई कृषिमा रोजगारी सिर्जना गराउने, कृषकहरुको बाली हुने नोक्सानलाई कम गर्नको निमित्त बाली बीमा तथा पशु बीमा कार्यक्रम लागु गर्ने जस्ता नीतिहरु लिएको बताइएको छ ।

त्यस्तै नगरपालिका भित्रको सबै विद्यालयमा इन्टरनेटको पहुँच वृद्धि गरि प्रविधिमैत्री शिक्षामा जोड दिइने, विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय उत्पादनको उपयोगमा जोड दिइने, सामाजिक परिक्षण सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण मार्फत विद्यालयमा शुसासन पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?