नुवाकोटकाे तारकेश्वर गाउँपालिकाकाे बजेट ४९ करोड ८९ लाख

लोकपथ
1.3k
Shares

नुवाकाेट। जिल्लाको तारकेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ५० करोडको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले सातौँ नगरसभामा आगामी आर्थिक वर्षको लागि ४९ करोड ८९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। संघीय र प्रदेश सरकारबाट विनियोजित रकम बमोजिम हुने गरी बजेट गाउँसभामा पेश गरिएको हो ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि सहित पूर्वाधार विकास, सहकारी, न्यायिक समिति, सस्थागत विकास तथा सेवा प्रवाह, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतको विषयलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको अध्यक्ष अधिकारीले बताएका छन् ।

त्यसैगरी कृषि क्षेत्रका लागि उर्बरभुमिको पहिचान, कृषि पकेट कार्यक्रम, एक गाउँ एक उत्पादन अभियान जस्ता विषय समावेश भएका छन् । यस्तै शैक्षिक गुणस्तर वृद्धिका लागि एक वडा एक नमुना विद्यालय निर्माण गरिने उल्लेख छ । विद्यालयमा इन्टरनेटको पहुच बृद्धि गरी प्रविधि मैत्री शिक्षामा जोड दिइनुका साथै जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको छ ।

बजेटमा स्वास्थ क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ । पालिका भित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्धन्द पीडित, शहिद परिवार र दीर्घ रोगीहरुलाइ निशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने उल्लेख छ ।

ग्रामीण सडकहरूको स्तरोन्नति लगायत अन्य पुर्वाधार विकास, खानेपानी सुविधा उपलब्धताका लागि पनि बजेट बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?