आइतबारदेखि वेपत्ता युवती फेवातालमा मृत फेला

पोखरा । आइतबारदेखि वेपत्ता पोखरा पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया किशोरी फेवातालमा मृत अवस्थामा भेटिएकी छिन् । 

छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत सुस्मीता लामिछाने आइतबार दिउँसो ४ बजे साथीको घर जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनको शव सोमबार बिहान फेवातालमा भेटिएको हो । 

लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो ।

फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । 

उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि पुष्टी भने भइनसकेको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?