घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर पेट्रोल र डिजेललाई कति ?

लोकपथ
1.8k
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

जसअनुसार पेट्रोलमा २० रुपैयाँ र डिजेलको मूल्य २८ रुपैयाँ घटाएको उद्योग वाणिज्य आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बढुले जानकारी दिए ।

पहिले १९९ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७९ रहनेछ । त्यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट घटाएर १६३ रुपैयाँ बनाइएको मन्त्री बढुले बताए ।

त्यसैगरी यसको कारण अन्य वस्तुको भाउ समेत घट्ने बताए ।

मन्त्री बढुले आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिई मूल्यवृद्धि नियन्त्रण गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको करलाई घटाएर राहत दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले मूल्य घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?