पेट्रोलियम पदार्थकाे मूल्य घटाउँदै सरकार

लोकपथ
126
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्दै आएको कर कटौती गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न निर्णय गरेको हो ।

सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरी लागू गर्ने बताईएको छ।

सरकारले आजै मन्त्रिपरिषद् बैठक बोलाएर त्यससम्बन्धि निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?