युवा स्वरोजगारका नाममा फेरि १० लाख रूपैयाँसम्म बाँड्दै सरकार

काठमाडाैं : दलका कार्यकर्तालार्इ जथाभावी राज्यकोष बाँडेर बदनामी कमाएको युवा स्वरोजगारका नाममा सरकारले फेरि एकजनालार्इ १० लाख रूपैयाँसम्म बाँड्ने तयारी गरेको छ । 

यसरी बाँड्न लागिएको ऋणमा सरकारले धितो समेत नलिने प्रकृया मिलार्इरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले 'केही युवा' लार्इ युवा स्वरोजगार उत्पादन र उद्यमशीलता विकासका लागि बिनाधितो ऋण दिन लागिएको बताएका छन् ।

काठमाडाैंको बुद्दनगरस्थित किंग्स कलेजमा अायोजित एक कार्यक्रमको उद्घाटनमा पुगेका मन्त्री बिष्टले केही हजार युवालार्इ स्वरोजगार बनाउने गरि बिनाधितो ५ देखि १० लाख रूपैयाँसम्म बाँड्न लागिएको जानकारी दिए । 

सरकारले बजेटमै युवा स्वरोजगारका लागि रकम विनियोजन गरेकाले उद्यमशीलता विकासका लागि सरकारले सो रकम वितरण गर्न लागेको मन्त्री बिष्टले बताएका हुन् ।

खोज पत्रकारिता केन्द्रले केहीअघि युवा स्वरोजगार कोष दलका स्थानीय नेता/कार्यकर्ता, ब्यांक तथा सहकारी र उनीहरूले पत्याएका साना-ठूला व्यापारीको हितमा प्रयोग भर्इरहेको अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?