साताको सेयर बजार : नेप्से १८६२ अंकमा, कस्तो रह्यो समग्र परिसूचक ?

लोकपथ
65
Shares

काठमाडौं । यो साता सेयर बजार परिसुचक (नेप्से) निकै नै तल्लो बिन्दुमा झरेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ ।

नियमित कारोबारका लागि सातामा छ कार्य दिननै नेप्से खुल्ला रहेको थियो । सो मध्ये तेस्रो र छैठौँ कार्य दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो । जसअनुसार यो साता नेप्से १९ सय अंकबाट पनि तल झरेको छ भने कारोबार रकम गत साताको तुलनामा बढेको छ ।
सातामा नेप्से १८ सय ६२ दशमलव छ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ९० अंकमा कायम रहन पुगेको छ । दुुई सय ३७ वटा कम्पनीहरुको एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा यो साता दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौं रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैंयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल दुुई सय ३२ वटा कम्पनीहरुको एक लाख २३ हजार नौं सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता शेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको हो ।

यो साता पहिलो दिन ३७ दशमलव २७ अंकले घटेर एक हजार नाैँ सय ३४ दशमलव ११ झरेको नेप्से दोस्रो दिन पनि ४९ दशमलव ३१ अंकले घटेर १८ सय ८४ दशमलव ८१ झरेको थियो । तेस्रो दिन भने ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ दशमलव ३० अंकमा चढेको नेप्से चौंथो दिन पुन ३१ दशमलव २१ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ अंकमा झरेको थियो । पाँचौं दिन ४५ दशमलव २५ अंकले घटेर एक हजार आठ सय ४८ दशमलव २८ अंकमा झरेको नेप्से छैठौँ दिन भने १३ दशमलव ७८ अंकले बढेर एक हजार आठ सय ६२ दशमलव छ अंकमा पुगेको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव २९ अंंकले घटेर तीन सय ७३ दशमलव ८५ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि सात दशमलव ६६ अंंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा झरेको थियो । तेस्रो दिन भने आठ दशमलव १८ अंंकले बढेर तीन सय ७४ दशमलव ३७ पुगेको सेन्सिटिभ इन्डेक्स चौँथो दिन भने पाँच दशमलव ९४ अंंकले घटेर तीन सय ६९ दशमलव १५ अंकमा झरेको थियो । पाँचौं दिन पनि सात दशमलव छ अंंकले घटेर तीन सय ६२ दशमलव नौँ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठौँ दिन भने दुई दशमलव ८१ अंंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा चढेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी रकका कारोबार भएका छन् भने नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक, आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?