भारतमा लगानी गर्न वारेन बफेट छलफलमा

एजेन्सी : भारतमा पहिलो पटक लगानी गर्न वारेन बफेटको कम्पनी बर्काशायर हाथवेले पेटीएमसँग कुराकानी गरिरहेको छ ।

हाथवेले २० अर्बदेखि २५ अर्ब भारुको लगानीबारे पेटीएमसँग कुराकानी गरिरहेको छ । पेटीएमको माउ कम्पनी वन९७ कम्युनिकेशन्स हो ।  

मोबाइल भुक्तानी र अनलाइन वित्तीय सेवा उपलब्ध गराउने काम पेटीएमले गर्दै आएको छ ।

बर्कशायले कम्पनीको ३देखि ४ प्रतिशत शेयर किन्ने कुराकानी गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?