१० लाख र शासकको मूल्य !

अकन्टक शासकहरूसँग लडेर
तिमीलाई अरबाैंको सत्तामा पु-याएबापत
मानिसको जीवनको मूल्य : १० लाख? 

तिमीले फलाकेको मुक्तिको मूल्य
तिमीले अलापेको परिवर्तनको रागको कम्पन
तिमीले गाएको स्वतन्त्रताको सम्मोहक गीतको शब्द
तिमीले भट्याएको अन्तरराष्ट्रिय भाईचाराको अात्मीयता
यी सबको मूल्य १० लाख ?

अामाले भारी खेप्दाखेप्दै, मेला सक्दासक्दै,
बुहार्तन भोग्दाभोग्दै, रूँदारूँदै, चिच्याउँदा चिच्याउँदै
बारीको बुटोमा समाएर
बनेलीको लहरोमा झुण्डिएर
धरतीलाई ठेलेर जन्माएकी
ती प्यारा सन्तानका
ती हर मान्छेका जीवनको मूल्य १० लाख ?

प्रेमको, अास्थाको, विश्वासको, भविष्यको,
हिम्मतको, ईमान्दारिताको…
सालाखाला मूल्य १० लाख ?

तिम्रो ईतरमा कुरा गर्नासाथ
जनताको छातीलाई चाँदमारी बनाउँछाै
फेरि सुम्सुम्याए झैं गर्छाै र तेर्स्याउँछाै :
उही १० लाख

कोही अपराधीले
गुडियाजस्ती बच्चीलाई छियाछिया बनाउँछ
लामखुट्टेलाई झैं प्याट्ट मारिदिन्छ
न्याय माग्न कोही भाई निस्कन्छ जुलुसमा
छातीमा ड्याम्म गोली ठोकेर
तिमी तेर्स्याउँछाै १० लाख

अो खुनी सत्ता !
अो खुनी शासक!
अो खुनी सर्कारी मान्छे !
अब १० लाखको ट्याग ठोकिदेउ हरेकको निधारमा
र बेच्न राखिदेउ हत्याराहरूको सपिङ मलमा
अाखिर हाम्रो जीवनको मूल्याङ्कन त
१ भोट र १० लाख नै रहेछ क्यार ! 

जमिन बेच्ने दलालले
जमिनको मूल्य तोक्छ
खानेकुराका दलालहरूले
खानेकुराकोे मूल्य तोक्छन्
हाम्रो जिन्दगीकै मूल्य तोक्ने
तिमी को हाै ?

भन्थ्याै : हरेक वस्तु र घटनामाथि
समयक्रममा मूल्यांकन हुन्छ
अाज तिम्रो समय रहेछ क्यारे
हामी बस्तु रहेछाैं क्यारे
तिमी तेर्स्याईरहेछाै १० लाख

शासक खुनी भयो भने
जनको खुन पचाउन नसकेर
कि दरबार छाडेर भाग्छ
कि अाफैं सेरिएर मर्छ
कि, कुनै दिन एकहुल १० लाखे 'ईतर' हरूले
दरबारबाट थुतेर चोकमा 'हलाल' गरिदिन्छन् 
त्यतिखेर शासकको मूल्य कति हुन्छ कुन्नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?