सुरु भयो मूल्यवृद्धिविरुद्ध एक साता लामो आन्दोलन

लोकपथ
91
Shares

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको अनेरास्ववियूको केन्द्रीय पदाधिकारी बैठकले मूल्यवृद्धि विरुद्ध आन्दोलनको आगामी कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

संगठनकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा शनिबार मूल्यवृद्धिविरुद्ध जिल्ला सदरमुकामका प्रमुख चोकमा सिठी जुलुस कार्यक्रम गर्ने तय गरिएको छ । यस्तै असार १२ गते देशभरिका हरेक शैक्षिक संस्थाहरुमा महङ्गी बिरुद्ध सरकार कहाँ छ ? भन्ने कालो ब्यानर
राख्ने, असार १३ गतेदेखि १८ गतेसम्म हस्ताक्षर अभियान चलाउने, असार १५ गते मुल्यवृद्धि विरुद्ध व्यङ्ग्यात्मक कविता वाचन कार्यक्रम गर्ने र१६ गते मुल्यवृद्धि विरुद्ध सडक सभा गर्ने तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?