बलिउडको आरके स्टूडियो बेच्न कपूर परिवार सहमत

एजेन्सी:  बलिउडको कपूर परिवारले संयुक्तरूपमा ऐतिहासिक मानिएको आरके स्टूडियो बेच्ने निर्णय गरेको छ ।

कपूर परिवारकी अभिनेत्री करिना कपूरले हजुर बा राजकपूरले बनाएको यो स्टूडियोमा धेरै स्मृतिहरू बसेको बताइन् ।

यो स्टूडियो बिक्री गर्ने निर्णय मेरा पिता र उनका भाइहरूको अधिकारमा भएको उनले बताइन् ।

७० वर्ष अघि स्थापना गरिएको यो स्टूडियो दुई एकड जग्गामा फैलिएको छ । गत वर्ष यसमा आगो लाग्यो ।

यो स्टूडियोले अब आर्थिक उपार्जन गराउन पनि छोडेको थियो ।

करिनाका काका अभिनेता ऋषि कपूरले एक अन्तर्वातामा यसको जिर्णोद्धार गर्ने सोचाई परिवारको भएपनि यसमा लाग्ने लगानी लगाएर यसलाई सञ्चालन गर्नु सजिलो नभएको बताए ।

सन् १९४८मा बलिउडका चर्चित अभिनेता राजकपूरले आरके फिल्म्स कम्पनीको प्रधान कार्यालयको रूपमा आरके स्टूडियोको स्थापना गरेका थिए । 

यो स्टूडियोको ब्यानरमा बनेको पहिलो सिनेमा आग  बक्स अफिसमा फ्लप भयो भने सन् १९४९मा राजकपूर र नर्गिस अभिनीत बर्सात सुपरहिट भयो ।

त्यसपछि यो स्टूडियोको बनेका फिल्म फ्लप भएन । श्याम श्वेत फिल्महरूमा आवारा १९५१, बुट पालिस १९५४, श्री ४२० ,१९५५ जागते रहो १९५६ यो स्टूडियोका सफल चलचित्रहरूमा रहेका छन् ।

त्यसपछिका चर्चित फिल्महरूमा जिस देशमे गंगा बती है १९६०, मेरा नाम जोकर १९७०, बबी १९७३,  सत्यम् शिवम सुन्दरम १९७८, प्रेम रोग १९८२, राम तेरी गंगा मैली १९८५ रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?