१ भाद्र २०७९, बुधबार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का

२०७९,असार,१०,शुक्रवार २१:१६

9
Shares

 

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा, ३६ (१) (क) बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा आज मनोनयन गरेका हुन्।

सभापति देउवाले पार्टीको विधानको धारा, ३६ र कांग्रेस नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार २१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

ताजा समाचार