तरकारी अनुगमन गर्ने टोलीलार्इ बल्खुका व्यापारीले पनि दुर्व्यवहार गरे

काठमाडौं : तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलार्इ बल्खुस्थित तरकारी बजारका व्यापारीहरूले दुर्व्यवहार गरेका छन् । 

सोमबार बिहानै बजार अनुगमनका लागि पुगेको टोलीमाथि दुर्व्यवहार भएपछि प्रहरीले तरकारीको बिल नदेखाउने २ जना व्यापारीलार्इ पक्रेको छ ।

बल्खु तरकारी बजारका व्यापारीहरूले गत असारमा पनि सरकारी अनुगमन टोलीलार्इ सिसाको बोतल र हतियारले अाक्रमण गरि खेदेका थिए ।

यसअघि गत ४ गते कालीमाटी तरकारी बजारको अनुगमन गर्न पुगेको सरकारी टोलीलार्इ त्यहाँका व्यापारीले बन्धक बनाएका थिए ।

सरकारले तरकारी बजारको अनुगमन गरि कृषकले बेचेको भन्दा केही बढि मूल्यमा बजारमा तरकारी पठाउने दाबी गरेपनि तरकारीको भाउ झन् महंगिँदै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?