राखेपकाे लेखा तथा प्रशासन सम्बन्धी तालिम काठमाडाैंमा सुरु

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी छन् । सहभागीलाई डा दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिने छन् ।

तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । तालिम आइतबार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?