१ भाद्र २०७९, बुधबार

उपत्यकाव्यापी पुरुष भलिबलमा महेन्द्र रत्न र रत्नराज्य फाइनल प्रवेश

२०७९,असार,१०,शुक्रवार १९:१५

36
Shares

काठमाडौं । महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

ताहचल क्याम्पसमा भएको पहिलो सेमिफाइनलमा महेन्द्र रत्नले नेपाल कमर्स क्याम्पसलाई २४–२६, २५–१८, २५–२०, २२–२५ र १५–१३ को सेटमा पराजित गर्‍यो । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागले आयोजना गरेको प्रतियोगिताको अर्को सेमिफाइनलमा रत्नराज्यले त्रिचन्द्र क्याम्पसलाई २५–२२, २५–२३ र २५–१८ ले हरायो ।

फाइनल शनिबार हुने छ । त्यसै दिन तेस्रो स्थानका लागि नेपाल कमर्स र त्रिचन्द्र पनि भिड्ने छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

राष्ट्रव्यापी खेलकुदअन्तर्गत बुटवलमा शनिबारदेखि खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिता हुने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् । ब्वाइजमा १८ तथा गल्र्समा ११ टिम सहभागी छन् ।

ब्वाइजरगल्र्स दुवैका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २५ हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार जित्ने छन् । तीन दिने प्रतियोगिताका खेलहरू बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा हुने छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५