धरानकाे बजेट एक अर्ब ६८ करोड, मेयर कोषमा १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख विनियोजन

लोकपथ
13
Shares

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेको छ ।

धरान उपमहानगरले प्रस्तुत गरेको बजेटमा खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखिएकाे छ ।

प्रस्तुत गरिएको बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ रुपैयाँ र पुँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै मेयर कोषमा १ करोड २० लाख उपमेयर कोषमा ८० लाख विनियोजन गरेको उपप्रमुखले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?