घोराही उपमहानगरपालिकाको बजेट दुई अर्ब ३२ करोड ९० लाख

लोकपथ
26
Shares

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार सम्पन्न दोस्रो नगरसभामा उपमेयर हुमा डिसीले आर्थिक वर्ष २०७९/८० काे बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालूतर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगततर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट छुट्याइएकाे छ ।

गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?