जनकपुरधामको बजेट एक अर्ब ८० करोड : चालुतर्फ १ अर्ब ७ करोड, पुँजिगततर्फ ७३ करोड ३० लाख

लोकपथ
0
Shares

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको हाे ।

बजेटमा चालु तर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजिगततर्फ ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकाे छ ।

उपमहानगरले आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९००, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १००, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८०० रुपैयाँ खर्च व्यहोर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?