२६ श्रावण २०७९, बिहीवार

कामना सेवा विकास बैंकद्वारा १६औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

२०७९,असार,१०,शुक्रवार १८:४६

18
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा असार १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

जानकी गा.पा. वडा नं ०५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०५ का वडा अध्यक्ष श्री भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिज्युहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट

काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म १४ वटाले

काठमाडौं । बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९