१ भाद्र २०७९, बुधबार

आजबाट चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

२०७९,असार,१०,शुक्रवार १८:३७

54
Shares

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो ।

नायक सौगात मल्ल अभिनित कबड्डी-४ र दीपेन्द्र के खनाल निर्देशित फिल्म चिसो मान्छे हलमा प्रदर्शनी भइरहँदा घनचक्करले धेरै हलहरु भने पाउन सकेको छैन । प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंमा भएको प्रमियर शोमा फिल्मले सुखद् प्रतिक्रिया पाएको छ । फिल्ममा पैसाको चक्करमा लागेका युवाहरुको कथा समावेश गरिएको छ ।

फिल्ममा सरोज खनाल, सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतका कलाकारको अभिनय छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सुसन प्रजापतीले छायांकन गरेका छन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।

हरि भट्ट सूर्यनाथ प्रश्तुतकर्ता रहेको फिल्मको निर्माता करुना अर्याल र संगम भट्ट हुन् । कमेडी जनरामा निर्मित फिल्ममा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह–निर्माता छन् ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

ताजा समाचार