धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोडको बजेट

लोकपथ
0
Shares

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले अगामी वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालु वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको रानाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?