कान नसुन्ने जन्मेको शिशुलाई एप्पलको डिभाइसले सुन्ने बनायो

एजेन्सी : म्याक्स ब्रेट नामको शिशु जन्मिदै कान नसुन्ने थिए । उनी सुतिरहेको पर्खालमा ड्रिल मेसिनले ड्रिल गर्दा मजाले सुतिरहेको देखेपछि कान नसुन्ने रहेको थाहा पाइयो ।

तर अहिले उनी कान सुन्ने भएका छन् ।पहिलो जन्म दिनमा सुन्न शल्य चिकित्साले बनाएको हो ।

यो शल्य चिकित्साको मूल्य १६ हजार पाउन्डस्टलिंग बेलायतमा खर्च भएको हो ।उनकी आमा रेबाका छोरो सुन्न थालेपछि सन्तुष्ट भएकी छिन् ।

उनका पिता३५ वर्षीय इयान एम्बुलन्स कन्ट्रोल रूमका कमान्डर हुन् ।

म्याक्सको कानमा एक डिभाइस भित्रि कान कोकलियर जडान गरिएको छ ।  

एक कानका लागि यसको मूल्य ८ हजार पाउन्डस्टलिंग खर्च प-यो ।यो इलेक्ट्रोनिक डिभाइस भित्रि वा कोकलियामा जडान गरेपनि  सुन्न क्षमता आएको हो ।

यो भाग एप्पलले बनाएको छ । यसमा ब्लुटुथको प्रविधि जडान गरिएको छ । म्याक्सका आमाबाबुले एपको मदतले यसको भल्युमलाई नियन्त्रण गर्न सक्छन् ।

भविष्यमा कुनै माइक्रोफोनबाट उनीहरू कुरा कानी गर्न सक्छन् । 

गत मे महिनामा पहिलो जन्म दिवसको अवसरमा यो डिभाइस जडान गरिएको थियो । डाक्टरहरूले क्रमिकरूपमा त्यो डिभाइसमा विस्तारै भल्युम बढाउँदै लगे ।

त्यसले मगजको ध्वनि संकेतलाई व्यवहार गर्न लगायो । तीन महिना पछि पहिलो पटक उनका आमा बाबुले छोरालाई म्याक्स भनि बोलाउँदा ध्वनि पहिचान गर्ने भएको छ ।

म्याक्सका दुबै कान नसुन्ने भएपछि सबै दुखित थिए ।

तर एप्पलको प्रविधिले सुन्न सक्ने बनाएपछि दम्पत्ति खुशी भएका छन् ।यो डिभाइस एनएसएसले उपलब्ध गराएको छ ।

परिवारले १०० पाउन्डस्टर्लिंग तिनुपर्छ जतिखेर यसलाई फेर्नुपर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?