८ कार्तिक २०७८, सोमवार

सुनसरीमा महिलामाथि सामुहिक बलात्कार

२०७५,भाद्र,११,सोमवार ०१:३८


इनरुवा : सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे । 

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक बताए । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् । 

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार ०१:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् ।

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान

राजविराज । सप्तरीको राजविराजमा बुधवारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना

राजविराज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६