काठमाडौं- नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ । संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रहेको राहदानी विभागलाई संग्रहालयको मातहतमा ल्याएर सो भवनमा ७७ जिल्ला कै संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न सुझाव दिएको छ ।
८० कोठा रहेको सो भवनको कोठा तत्कालिन राजा ज्ञानेन्द्रको विभिन्न कार्यालय रहेका थिए ।
विभाग सरेपछि सो भवनमा संग्रहालय बनाउने गरी प्रतिवेदन बुझाएका छौं–गुरुयोजना निर्माण समितिका संयोजक एवं पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने । २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरेपछि संग्रहालयको गुरुयोजना तयार भएको थिएन । करिब तीन महिना अघि गठित समितिले दुई साता अघि प्रतिवेदन बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया