मिश्रविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं -प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाई प्रकृया सुरु भएको छ ।
 संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारीस भएका मिश्र विरुद्व संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गर्ने निर्णय गरेको समितीकी सदस्य पुर्णाकुमारी सुबेदीले जानकारी दिइन् ।

आईतबार बसेको सुनुवाइ समितिको वैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । समितीकी सदस्य सुवेदीले भनिन्– सुनुवाईका लागि ‘१० दिने सूचना जारी गरेका छौ । अव सुनुवाई प्रकृया अघि बढेको छ । अब मिश्र बिरुद्ध जो कोहीले प्रकृया पुरा गरेर उजुरी गर्न सक्नुहुन्छ । उजुरीको आधारमा सुनुवाई प्रकृया अघि बढ्छ । ’

समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उनको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी दिन सक्ने व्यवस्था गरेको जनाएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?