भारतकै लोकप्रिय अभिनेत्री बनिन् समान्था

लोकपथ
390
Shares

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् ।

उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।

ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् । समान्थापछि आलिया भट्ट, नयनतारा, दीपिका पादुकोण, काजल अग्रवाल, कीर्ति सुरेश, कैटरिना कैफ, रश्मिका मन्दाना, पूजा हेगडे र अनुष्का शेट्टी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

यो सर्वेको जानकारी भाइरल भयानीले इन्स्टाग्राममा राखेर दिएको छ । ‘मानिसले सोधे कि कोरोना पछि के परिवर्तन भयो रु अब यसको एक ताजा उदाहरण यहाँ छ । समान्था रुथ प्रभु पूरा भारतमा नम्बर एक अभिनेत्री बनेकी छन् । उनले दीपिका पादुकोण र आलिया भट्टलाई पनि पछि पारेकी छन् । यो सर्वे ओरमेक्सले गरेको हो’, भाइरल भयानीले लेखेको छ ।

समान्थाले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?