राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

काठमाडौं-त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही १४ र १५ काठमाडौंमा हुँदै छ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ । सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

सडक विभागले सडकको संरचनालाई राम्रो बनाउन ठाउँठाउँमा खाल्डखुल्डी टाल्ने काम अगाडि बढाए पनि दिउँसो सवारी जाम र राति पानी पर्दा समस्या झेल्दै आएको छ । पानी परेको बेला सडकमा पिच गर्न मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि बिमस्टेकमा सहभागी हुने आउने पाहुना वस्ने होटलसम्मको सडक चिटिक्क पारेर सिंगार्ने काम धमाधन भइरहेको छ । सडकको दायाँबायाँ रहेको नेपाल टेलिकमको तारको व्यवस्थापन गर्ने, अस्तव्यस्त फुटपात निर्माणलगायतको काम भइरहेको छ । तर अघिपछि भने सरोकारवाला निकाय मौन रहने गरेको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?