गण्डकी प्रदेशका विभिन्न स्थानमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

लोकपथ
13
Shares

काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ् सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ् सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको ‘बिओके सुपर मुद्दती खाता’ सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित २ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।

साथै, ‘बिओके प्रिमियम प्लस बचत खाता’मा उच्चतम ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै नि:शुल्क सेवाहरु समावेश गरी ग्राहक महानुभावहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो ।

बैंकको गण्डकी प्रदेश अन्र्तगतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङ् लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ् सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?