१ भाद्र २०७९, बुधबार

ला लिगाको नयाँ सिजनको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

२०७९,असार,१०,शुक्रवार १५:५२

99
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ । यस्तै, अर्को महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ ।

ला लिगा १२ अगस्टबाट सुरु हुनेछ । कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने १९ डिसेम्बरबाट पुनः सुचारु हुनेछ ।

तालिकाअनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यस्तै, दोस्रो खेल १९ मार्चमा क्याम्प नोउमा हुनेछ ।

ला लिगा फुटबलको एल क्लासिको भिडन्त विश्वमा निकै महत्वका साथ हेरिन्छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५