२० मङ्सिर २०८०, बुधबार

समानुपातिकतर्फ ८२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

२०७४,आश्विन,२९,आईतवार १४:१६

0
Shares

 काठमाडौं २९ असोज – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ८२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गर्नुभएको भनी प्रशंसा गर्नुभयो । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उहाँले आग्रह गर्नुभयो ।“निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाट सहयोग हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो ।निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने प्रक्रिया गणितीय, प्राविधिक र जटिल भएकाले बन्दसूचीलाई प्रक्रिया पूरा गरेर दर्ता गर्न समय लागेको बताउनुभयो ।बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए ।आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् ।यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (माओवादी केन्द्र), नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार