२३ श्रावण २०७९, सोमवार

नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक सभा, मर्जर तथा प्राप्तिको प्रस्ताव

२०७९,असार,१०,शुक्रवार १४:१८

0
Shares

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारणसभा बस्ने भएको छ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ ।

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ । आर्थिक वर्ष २०७८-७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले २३ देखि ३१ असारसम्म बुक क्लोज गर्ने जनाएको छ । २२ असारसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन् ।

नेष्डो ले गत ११ देखि १५ फागुनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं । डिसहोमको वार्षिक रिचार्ज योजनाअन्तर्गत एक भाग्यशाली ग्राहकले एक लाख रुपैयाँ जितेका छन् । माडि गापा ४ घर्तीगाउँका तारकेबाङ

ताजा समाचार