फ्लोरिडामा भएको गोली हानाहान केही जनाको मृत्यु

एजेन्सी : अमेरिकाको फ्लोरिडा प्रान्तमा भएको गोली हानाहानमा केही जनाको मृत्यु भएको छ ।

जेक्सन्विल शहरको जेक्सन्विल ल्यान्डिंग नामको शपिंग इन्टरटेनमेन्ट एन्ड डाइनिंग कम्पलेक्समा गोली हानाहान भएको हो ।

जेक्सन्विलका शेरिफको कार्यालयले गरेको ट्विटको अनुसार केही मानिस घाइते भएका छन् ।

प्रहरीले तत्काल त्यस क्षेत्रमा कसैलाई नजान अपिल गरेको छ ।

शेरिफका अनुसार यो अप्रिय घटना घटित गराउने संदिग्ध श्वेत व्यक्ति पनि मारिएको हो ।

तत्काल कसैको खोजी कार्य भने भइरहेको छैन् ।

इन्टरटेनमेन्ट कम्पलेक्स भित्र एक रेस्टुरन्टमा भिडियो गेम टुर्नामेन्टको क्रममा गोली हानाहान भएको जानकारी प्राप्त भएको बीबीसीले जनाएको छ ।

भिडियो गेम टुर्नामेन्टमा गोली हानाहान भएको आवाज सुन्न सकिन्छ । यो प्रतियोगितमा भाग लिनेहरू त्यतिखेर अमेरिकी फुटबल गेम मेडन खेलिरहेका थिए ।

लस एन्जेल्स टाइम्सका अनुसार एक खेलाडी खेल हारेपछि गोली हानाहान शुरू भएको थियो । तर यसको पुष्टि हुन सकेको छैन् ।

१९ वर्षका द्रिदी जोका पनि यसमा खेलिरहेका थिए । उनले ट्विटरमा यो उनको लागि सबैभन्दा खराब दिन भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् “ म भाग्यमानी हुँ । गोली मेरे बूढी औंलामा मात्र लागेको छ ।”

प्रहरीका अनुसार घटनास्थलमा लुकिबसेकाहरूलाई निकाल्ने काम भइरहेको छ ।

स्थानीय समाचार संस्थाहरूका अनुसार यो घटनामा ४ जनाको मृत्यु भइसकेको र ११ जना घाइते रहेका छन् । 

रोयटर्सका अनुसार जेक्सन्विलको युएफ हेल्थ हस्पिटलमा ५ जनालाई ल्याइएको छ ।ती मध्ये ५को अवस्था स्थिर र एक जनाको स्थिति गम्भीर रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?