काठमाडाैं । उपस्थिति पुस्तिकामा एमालेले हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरको नगरसभा प्रभावित बनेको छ ।
उपमहानगरको ११ औं अधिवेशनमा एमालेका कार्यपालिका सदस्यहरुले पुस्तिकामा हस्ताक्षर गर्न नमान्दा हेटौंडाकाे नगरसभा प्रभावित बनेको हो । हेटौंडा उपमहानगरकाे कार्यपालिकामा एमालेको बहुमत रहेकाे छ ।
एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी एकलौटी रुपमा मेयर र उपमेयरले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको आरोप लगाएका छन् । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२० र १५ ९३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने हेटौंडा उपमहानगरले तयारीमा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया