१ कार्तिक २०७८, सोमवार

युवती नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

२०७५,भाद्र,११,सोमवार ०१:०३


विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छापिएकाे छ ।
भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो।

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार ०१:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७
प्रजिअसहित सह र उपसचिवको सरुवा
 २०७८,कार्तिक,१,सोमवार ०८:३४
वर्षाले पाकेको धान बाली नष्ट
 २०७८,कार्तिक,१,सोमवार ०८:२४