६ अर्ब बराबरकाे बजेट ल्याउँदै भरतपुर महानगर

लोकपथ
117
Shares

चितवन । आर्थिक वर्ष २०७/०८० का लागि भरतपुर महानगरपालिकाले ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ ।

महानगरले चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य एक अर्ब २५ करोड रहेकामा आउँदो आवकाे लागि  एक अर्ब ५० करोड पुर्‍याउने लक्ष्य राखेको छ ।

महानगरको आन्तरिक बजेट कम भए पनि सङ्घ र प्रदेशको ठूलो रकम भरतपुरका आयोजनाहरूमा परेका छन् । महानगरकै पहलमा सङ्घ र प्रदेशबाट विभिन्न आयोजनामा बजेट परेका छन् । सङ्घ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजनसमेत गरिसकेको छ भने महानगरपालिकाभित्र शिक्षक अस्पताल बन्दैछ । नारायणी नदीमा सिग्नेचार पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने विभिन्न पुलहरू बनाउने योजना अघि सारिएको छ ।

नारायणी नदी तटबन्ध, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, चक्रपथ निर्माणजस्ता ठूला आयोजना सञ्चालनमा रहेका छन् । महानगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुन लागेको छ ।

चालु आर्थिक वर्षमा भरतपुरकाे बजेट चार अर्ब ८५ करोड रहेकाे थियो । आउँदो आर्थिक वर्षका लागि महानगरले करीब एक अर्बभन्दा बढीकाे बजेट थप गरेकाे छ । सङ्घ र प्रदेशको सशर्त बजेटसमेत थप भएकाले बजेटको सिलिङ बढेको महानगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?