थाक्नुभयो? यसरी राख्नुस् ज्यानलाई आराम

यो भागदौडको जीवनमा केही आराम पाउन पनि अहिले निकै गाह्रो छ । मान्छेको जीवन झनभन्दा झन व्यस्त हुन थालेको छ । तर, मान्छे स्वस्थ हुन भने हमेशा चाहन्छ ।

कसैलाई शारीरिक श्रम गर्नुपर्ने अवस्था आउँछ भने कसैलाई मानसिक । एउटा कुरा त पक्का छ कि, थकाइ चाहिँ सबैलाई लाग्छ । यदि सही समयमा सुतिएन भने पनि थकाइ लाग्ने गर्छ । तर, थकाइलाई कम गर्ने केही उपाय पनि छन् ।

अरुको रिस गरी, आफ्नो दुःख र अतीतलाई सम्झेर चिन्ता लिएर, आफूलाई स्वयम् तुच्छ र लाचार सम्झेर, अक्सर क्रोधमा रहेर पनि कतिपयले आफ्नो अमूल्य समयलाई बरबाद गर्छन् । मानसिक र शारीरिक समस्यालाई पनि झन् बढी बढाउँछन् ।

तर, थकाइलाई दूर गर्ने अनेक आइडिया छन् ।

बसेर काम गर्दा थकाइ लागेको या कम्मरमा दुखाइ बढेको हो भने सुविधाअनुसार एकछिन पल्टिनुस् । चिन्तामुक्त भएर शरीरलाई खुला छोड्नुस् । आँखा बन्द गर्नुस् । केही समयपछि आफूलाई ताजा पाउनुहुनेछ ।

जब तपाईं आराम गरिरहनुभएको हुन्छ, केवल आराम गर्नुस् । यो बाहेक अरु कुरालाई लिएर तनाव नलिनुस् । लगातार कामको बीचमा केही समय आराम गर्नुस् । तपाईंलाई मन पर्ने पेय पदार्थ पिएर पनि आराम गर्न सकिन्छ ।

धेरै समय काम गर्दा खुट्टामा पनि समस्या आउन सक्छ । तपाईंले अलिकति पानीमा थोरै नुन हालेर पानीमा खुट्टा डुबाउनुभयो पनि धेरै आनन्द हुनसक्छ ।

यस्तै आफ्ना विचारलाई सकारात्मक रुपमा दिँदा, रमाइला पललाई याद गर्दा पनि थकाइ कम हुन्छ । हाँस्नु पनि आफैमा थकाइ भुृलाउने बाटो हुनसक्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?