मायादेवी गाउँपालिकाको वडा ५ बालविवाहमुक्त वडा घोषणा

शम्भू माली

कपिलवस्तु । जिल्लाको मायादेवी गाँउपालिकाको वडा नं. ५ साविक बलुहवा गाविसलाई एक कार्यक्रमका विच  बालविवाह र शत प्रतिशत भर्ना  घोषण गरिएको छ । बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरेको हो ।

साथै उक्त वडामा ५ देखि १२ बर्षका बालबालिकालाई विद्यालयमा भर्ना गराई वडा लाई शत प्रतिशत भर्ना घोषण गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिति अतहर कमालले बालबालिका लाई शिक्षा दिनु जरुरी रहेको बताए । यो अभियान खुला दिशा मुक्त जस्तै नभएर यसलाई सबैले आ–आफ्नो तर्फबाट कार्यन्वयनमा ल्याउन जरुरी रहेको बताए ।

सो अवसरमा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य शहस राम यादवले यो अभियानलाई कागजमा मात्र होइन व्यवहारमा ल्याउन जरुरी रहेको बताए ।

दुई वर्षको अवधिमा यस बलुहवामा कुनै बालविवाह नभएको भन्दै यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मीले बताए ।

 उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको बडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले बताए ।

उक्त कार्यक्रम मायादेवी गाँउपालिका वडा नं. ५ को  आयोजना, लिडो नेपाल, सेभ द चिल्डे«न र मायादेवी गाँउपालिकाको सहयोगमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?