प्रतिग्राम ३ सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण गर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । प्रतिग्राम तीन सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले असर्फीसँग सम्बधित सबैको नाउँमा परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्वन्धी कार्यबिधी २०७५ लाई संसोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन अनुसार गणना गरिएको आधार मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रतिग्राम तीन सय रुपैयाँको दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण गर्न सकिने छ ।

तर सर्वसाधारण बाहेक नेपाल सरकारका निकायहरु वा नीजि तथा सार्वजनिक संघ संस्थाहरुबाट असर्फी खरिदको लागि मकाग भई आएमा अर्सर्फीको मौज्दात, माग गर्ने संस्थाको आवस्यकता तथा औचित्यताका आधारमा बिक्री गर्न सकिने छ । यसरी बिक्री गर्दा खण्ड (ख) बमोजिमको आधार मुल्यमा जर्ती लगायतको लागत वापत प्रतिग्राम पाँच सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गर्न सकिने छ ।

यसअघि प्रतिग्राम दुई सय रुपैयाँका दरले थप गरी असर्फीको दैनिक मुल्य निर्धारण गर्न सकिने र निर्जी वा संस्थागतको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गर्न सकिने व्यवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?