१ कार्तिक २०७८, सोमवार

‘रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक’

२०७५,भाद्र,१०,आईतवार १४:४०


काठमाडौं । नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो । 

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल–चीन सिमाना रसुवागढीबाट काठमाडौँसम्म विस्तार हुने उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका सबै पक्षमा गहन छलफल हुनका साथै दुवै पक्षबाट आवश्यक सुझाव प्रस्तुत भएको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार दुवै मुलुकबाट प्रस्तुत सुझावलाई समेटेर केही दिनभित्र चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन पेश गर्नेछ । 

गत बुधबार भएको द्विपक्षीय छलफलमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गर्नुभएको थियो भने चिनियाँ पक्षको प्रतिनिधित्व त्यहाँको रेल प्रशासनका उपप्रशासक झेङ जियानले गरेका थिए । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार रसुवागढी–काठमाडौँ रेलमार्ग ७२ किलोमिटरको हुनेछ जसमा धेरै सुरुङ र अग्ला पुल हुनेछन् ।

काठमाडौँको टोखालाई अन्तिम स्टेशनका बनाइएको छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७