८ कार्तिक २०७८, सोमवार

काङ्ग्रेसले जितेका स्थानीय तहमा कर घटाउने तयारी

२०७५,भाद्र,१०,आईतवार १४:१२


विराटनगर । नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताए ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाए ।

गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई विकास बजेट परिचालन र कर घटाउने विषयमा आगामी सोमबार काठमाडौँमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।

उपनेता गच्छदारले आफ्नो पार्टीले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारको असल कामको समर्थन र संविधान विपरीतको कामको विरोध गर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार १४:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले मङ्गलवार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ । विदेशी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ । अगामी कात्तिक १५ गतेका लागि तय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६