वर्तमान सरकार गठन भएदेखि नै मुलुक आर्थिक सङ्कटतर्फ गएकाे एमालेकाे निष्कर्ष

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (एमाले), अनुसन्धान प्रतिष्ठानले मुलुकमा सिर्जना भएको आर्थिक सङ्कटका बारेमा अन्तर्क्रिया गर्ने भएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा २०७९ असार ९ गते बसेको प्रतिष्ठानको निर्देशक समितिको बैठकले विज्ञहरूसमेतको सहभागितामा अन्तर्क्रिया गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान सरकार गठन भएदेखि दिन प्रतिदिन मुलुक आर्थिक सङ्कटतर्फ गइरहेकाे निष्कर्ष निकालेकाे थियाे । प्रतिष्ठानको कार्यविधिमाथि छलफल गरी अन्तिम रूप दिएको बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका प्रमुख पोखरेलले बताए ।

बैठकले प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न केही योजना बनाउनुका साथै विषयगत विज्ञहरूको रोष्टरसमेत तयार गरेको छ ।

प्रतिष्ठानमा बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य डा.राजन भट्टराई, डा.युवराज खतिवडा, डा.दिनेशचन्द्र देवकोटा, डा.अन्जान शाक्य, डा.अजय शर्मा र डा.बी. उप्रेती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?